दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव भेटियो 



दार्चुला । दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव भेटिएको छ । व्यास गाउँपालिका९१मा मङ्गलवार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको  हो । बुधवार दिउँसो एक पुरुष र दुई महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

मृतक पुरुष दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवर र दुई महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । त्यहाँ अझै दुई जना महिला बेपत्ता छन्। उनीहरूको पनि खोजीकार्या भइरहेको छ।

सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू दार्चुलाबाट डिएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली खटिएको हो। मङ्गलवार नै प्रहरीले सात जना बेपत्ताको उद्धार गरेको थियो। उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। हिमपात भएपछि त्रिपालमा बसिरहँदा हिमपहिरो आएर उनिहरू पुरिएको थियो।

प्रतिक्रिया दिनुहोस्