ट्रक पल्टिई घरमा ठोक्किँदा ३ जनाको मृत्यु 



तनहुँ । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ । ट्रक पल्टिई घरमा ठोक्किँदा अन्य पाँच जना घाइते भएका छन् ।  आज बुधवार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं.५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्