नेप्से लगातार ओरालो यात्रामा 



काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजार परिसुचक (नेप्से)यो हप्ता भने कारोबार भएका पाँच दिनमा  निरन्तर ओरालो लागेको छ । नेप्से गत सातको बुधवार देखि निरन्तर ओरालो लागी रहेको छ ।

कारोबारको पाँचौँ दिन आज बुधवार नेप्से आज ९.१८ अङ्क ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै १८५७.२३ विन्दुमा  पुगेको छ ।  आज नेप्से दोहोरो अङ्कले ओरालो लागेको हो ।  यस दिन सेन्सेटिभ इन्डेक्स १.१९ अङ्कले, इन्डेक्स ०.७० अङ्क र सेन्सेटिभ इन्डेक्स ०.३५ अङ्कले ओरालो लागेको हो ।

हिजो ७० करोड बराबरको कारोबार भएकोमा  आज विभिन्न २६५ स्टकको १८ हजार ८७२ पटकको कारोबारमा ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले उकालो लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले उकालो लागेकाे छ । यस दिन १७६ स्टकको मूल्य घटेको छ।  एनआईबिएल ग्रोथ फण्ड र सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। हिमालयन डिस्टिलरी र हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्