हेलिकप्टर दुर्घटनामा परी  घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो



काठमाडौँ । सङ्खुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौँ ल्याइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार भइरहेको छ ।

दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ  रहेका छन् ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्