४ दिनसम्म प्रि-बजेट छलफल हुने



काठमाडौँ । प्रतिनिधिसभामा बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) चार दिनसम्म चल्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रि(बजेट छलफल चार दिन चलाउने सहमति गरेको हो ।

आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय तालीका रहेको छ ।

अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मङ्गलवार पाँच/पाँच घण्टा र बुधवार दुई घण्टा सांसदहरूले आफ्नो राय राख्नेछन् । बुधवार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि-बजेट छलफल सकिनेछ । प्रि-बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्