लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा.केसी



काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसीलाई नियुक्त भएका छन् ।प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ । उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्