नक्कली शरणार्थी प्रकरणमा दोषी जो भए पनि कारबाही हुनुपर्छ : शेखर कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी  जो देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद विषय भएको बताएका छन् । उनले भने , ‘जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना समेत गरे । उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुराउँछ, पुर्‍याउँछ ।’

प्रतिक्रिया दिनुहोस्