खाँण पक्राउपछि रविले सरकारलाई दिए धन्यवाद



काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई धन्यवाद दिएका हुन् ।

उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद दिएका छन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु , यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

प्रतिक्रिया दिनुहोस्