भ्रष्टाचारीहरू जो-कोहिलाई पनि कारबाही हुनुपर्छ : माधव नेपाल 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जो-कोही भई पनि कारबाहीको दायरनान ल्याउनु पर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए ।

कार्यक्रममा उनले भने,उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईँले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’ उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्