गरिबलाई निःशुल्क उपचार



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबको निःशुल्क उपचार गर्ने व्यवस्था गरिने लागेको बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्ने क्रममा मन्त्री बस्नेतले गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन लागेको बताएका हुन् । उनले सुर्तीजन्य पदार्थमा कर बढाएर उक्त करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन लागेको बताए । 

उनले अहिले अस्पताल जाँदा पनि उपचार गर्ने नसकेर घर फर्किनु पर्ने अवस्था रहेको बताएका छन् ।  त्यो बाध्यतालाई आफ्नो कार्यकालमा अन्त्य गर्ने उनले बताएका हुन् । उनले भने , ‘गरिबले सहज ढङ्गले उपचार पाउन सकेका छैनन् जसोतसो अस्पताल पुगे पनि पैसाको अभावमा उपचार गर्न पाएका छैनन् । 

नेपालमा सुर्तीजन्य पदार्थमा निकै कम कर लागू भएको  उनको भनाई रहेको छ ।  उनले भने, ‘अब सुर्तीजन्य पदार्थमा कर बढाउने हो त्यो कर जनताको उपचारमा लगाउने नै हो ।’

प्रतिक्रिया दिनुहोस्