थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ भने संस्थागत आइसोलेसनमा ९ जना, आइसियुमा १ र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्