नक्कली शरणार्थी प्रकरण : आज प्रहरीले अनुसन्धान प्रतिवेदन नबुझाउने



काठमाडौँ । प्रहरीले नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली गरेको गिरोहबारेको अनुसन्धान प्रतिवेदन आज नबुझाउने भएको छ । अनुसन्धान सकेर बुधवार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिए पनि प्रहरीले आज प्रतिवेदन नबुझाउन भएकाे हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले अनुसन्धाननसकिएको भन्दै बुधवार प्रतिवेदन बुझाएको थिएन। सरकारी वकिलले अध्ययनका लागि भन्दै एक साता अघि बुधवार प्रतिवेदन बुझाउन भनेको थियो । काठमाडौँका एसपी सिताराम रिजालले भने, अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौँ, छिट्टै बुझाउने प्रयासमा छौँ ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ ।

सरकारी वकिलले अध्ययनका लागि भन्दै एक साता अघि बुधवार प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौँ प्रहरीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्