
काठमाडौँ । सत्ता गठबन्धन दलहरूबिच मधेश प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा नेतृत्व सरकारलाई निरन्तरता दिने सहमति गरेका हुन् । हाल मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ ।
केन्द्रीय सत्तामा फेरबदल आएसँगै नेपाली काँग्रेसले आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको थियो । नेपाली काँग्रेस आफ्नो अडानबाट पछि हटेसँगै जसपा नेतृत्व सरकारले मधेसमा निरन्तरता पाउने भएको छ ।
लामो समय देखि मधेश प्रदेशका सरकारको पर्नगठन हुन सकेको थिएन । सरकारको सेटिङ् मिलाउनेको लागि बालुवाटारमा धेरै पटक सत्तारुढ दलहरूका बैठक पनि बसेका थिए ।