फाल्तु नीति तथा कार्यक्रमको समर्थन गर्न सकिँदैन : ओली 



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन गरेका छन्।

सरकारले शुक्रवार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै  ओलीले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले भने, यो समर्थन योग्य छैन, विरोध योग्य छ। यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुखको कुरा हो। त्यसैले यसलाई पास गर्न हुँदैन। विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो। उनले एमाले नुन खाएको कुखुराजस्तो ओइलाउन नहुँदै भन्दै अध्ययन गरेर आफ्नो कुरा संसद्मा राख्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्