कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई काँग्रेसको पत्र 



काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले माओवादी केन्द्रलाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र बुझाएको छ ।४ जेठमा बसेको काँग्रेस प्रदेश संसदीय बैठकको निर्णय अनुसार दलका नेता उद्धव थापाले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मङ्गलवार पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनले सङ्घीय गठबन्धन अनुसार सरकार गठनको वातावरण बनाउन आग्रह गरेका छन् ।

अन्य प्रदेशहरूमा केन्द्रको सरकार फेरिएसँगै प्रदेश सरकारको सत्ता समिरण फेरिएको छ । कोशी प्रदेशमा भने माओवादी केन्द्र र जसपाको समर्थनका कारण एमाले नेतृत्वको सरकार नै चलिरहेको छ । नेपाली काँग्रेसले एमालेको नेतृत्वमा रहेको सरकार छाड्न मौखिक आग्रह गर्दा माओवादी र जसपाले नमानेपछि काँग्रेसले लिखित पत्र पठाएको हो।

गठबन्धनसँग समान ४६ सांसद छन् । गठबन्धनमा सभामुखसहित कठिन बहुमत भए पनि विश्वासको मत र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने अवस्था छ। सहज बहुमत जुटाउनका लागि सत्तारुढ गठबन्धनले ६ सिटको राप्रपालाई एमालेसँगको गठबन्धनबाट अलग्याउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्