आगामी वर्षमा हुने राष्ट्रपतिको निर्वाचन बाइडेनले नजित्न पनि सक्छन् 



काठमाडौँ । अमेरिकाको राजनीतिमा विश्वका सबै देशको चासो रहेको छ । अमेरिकामा आउँदो वर्षमा राष्ट्रपतिको लागि निर्वाचन  हुन गइरहेकाे छ । ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेन अर्को वर्ष हुने चुनाव लड्ने तयारीमा रहेका छन् । अमेरिकामा राष्ट्रपतिको निर्वाचनलाई लिएर गरेको सर्वेक्षणले भने  बाइडेन मानसिक रूपमा पूर्ण नरहेको भन्ने नतिजा निकालेको छ ।

हालसालै गरिएको सर्वेक्षणले बाइडेनको चुनाव लड्ने मनस्थितिलाई हानी गर्ने ठानिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वेक्षणमा धेरै विश्वासको रूपमा लिएका छन् भने बाइडेन ट्रम्प भन्दा पनि पछि रहेका छन् । सोमबार साउथ क्यारोलिनाका सिनेटर टिम स्कटले रिपब्लिकन पार्टीको तर्फबाट आफ्नो दाबी पेश गरेका छन्।

मानसिक फिटनेस

https://twitter.com/Politics_Polls/status/1661177882763206656?cxt=HHwWgICxrfWe2I0uAAAA

NPR/PBS NewsHour/Marist ले एउटा सर्वेक्षण गरेको छ। यो सर्वेक्षणले अमेरिकाका जनता जो बाइडेनको मानसिक फिटनेसलाई लिएर निकै चिन्तित रहेको देखाएको छ । यस सर्वेक्षणमा ६२ प्रतिशत अमेरिकी जनताले जो बाइडेन पद धारण गर्न मानसिक रूपमा फिट नभएको विश्वास गरेका थिए । अर्कोतर्फ, उनका निकटतम प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको बारेमा सोध्दा ५१ प्रतिशत मानिसले ७६ वर्षीय ट्रम्प पदमा बस्न मानसिक रूपमा फिट नभएको विश्वास गरेका छन् । यो डेमोक्र्याटिक पार्टी र बाइडेनका लागि ठुलो झट्का हो।

मानसिक स्वास्थ्य सर्वेक्षणमा के के कुरा बाहिर आयो ?

सर्वेक्षणमा ३६ प्रतिशत मानिसले मात्रै बाइडेनको मानसिक तन्दुरुस्तीको बारेमा उठेका प्रश्नहरूलाई अस्वीकार गरेका थिए। यो वर्तमान राष्ट्रपति विरुद्धका विपक्षीहरूको रणनीति भएको उनको विश्वास छ । उही समयमा ४३ प्रतिशत मानिसले ट्रम्पको मानसिक फिटनेसलाई लिएर आफू चिन्तित नभएको विश्वास गरेका थिए । यस सर्वेक्षणको नतिजा अनुसार बाइडेनको मानसिक स्वास्थ्य डेमोक्रेटिक पार्टीभित्र पनि प्रमुख चिन्ताको विषय बन्दै गएको छ । लगभग १० मध्ये ४ डेमोक्र्याटहरूले विश्वास गर्छन् कि उनीहरूको मानसिक फिटनेस वास्तवमा चिन्ताको विषय हो।

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले हालै अमेरिकी राष्ट्रपति जो बाइडेनको बढ्दो उमेरप्रति चिन्ता  जनाएकी थिइन् । वासिङ्टनमा भएको फाइनान्सियल टाइम्स वीकेन्ड फेस्टिभलमा बोल्दै क्लिन्टनले आफ्नो उमेर एउटा मुद्दा हो र मानिसहरूलाई यसमा विचार गर्ने अधिकार रहेको बताएकी थिइन्। यद्यपि उनले यो पनि भने कि म त्यही क्याम्पबाट हुँ जसले बाइडेन चुनाव लड्न पूर्ण रूपमा तयार छन् भन्ने विश्वास गर्दछ।

सर्वेक्षणमा बाइडेनलाई प्रश्न गर्नेमा सबैभन्दा ठुलो वर्ग युवा रहेको पनि बाहिर आएको छ । यो सर्वेक्षण वाशिंगटन पोस्ट९एबीसी न्यूजले गरेको अघिल्लो सर्वेक्षणसँग मिल्दोजुल्दो छ, जसमा ६३ प्रतिशत अमेरिकीहरूले बाइडेनसँग राष्ट्रपतिको रूपमा सेवा गर्नको लागि मानसिक फिटनेसको अभाव भएको विश्वास गरे।

प्रतिक्रिया दिनुहोस्