कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित



काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेकाले प्रचार मोर्चालाई सशक्त बनाउन कांग्रेसले यो निर्णय गरेको हो। अब प्रवक्ताको अनुपस्थितिमा विश्वकर्मामार्फत पार्टीका गतिविधिहरु आम जनमानस र मिडियामा सम्प्रेषण हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्