
काठमाडौँ । औषधि व्यवस्था विभागको निर्देशक जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले विभागका महानिर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
बस्नेतले भरत भट्टराईलाई हटाउँदै नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । औषधि व्यवस्था विभागको निर्देशक रूपमा रहेका भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा पठाइएको छ।