नक्कली भुटानी शरणार्थी प्रकरण : चार जना बयान लिइयो



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरूमध्ये बुधवार चार जना प्रतिवादीको बयान लिइएको छ । बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरू गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको आज बयान लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरूको बयान १२ जेठ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । हालसम्म जम्मा १२ प्रतिवादीको बयान लिइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । शरणार्थी प्रकरणमा मुछिएकाहरूमध्ये १३ जना भने फरार रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्