‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बिनी र कपिलवस्तु कदापि दिन सकिन्न’



काठमाडौँ । भारतले आफ्नो नयाँ संसद्मा अखण्ड भारतको नक्सामा नेपाली भू-भाग पनि समेटेपछि  नेपालमा भारतको उक्त भित्ते चित्रलाई लिएर विवाद भइरहेको छ । आज विरोधका क्रममा एमाले निकट युवा सङ्घले अखण्ड भारतको नक्सा जलाएको छ।

नेपाली भू-भाग समेत भएको नक्सा राखेको भन्दै एमालेको भातृ सङ्गठन युवा सङ्घले काठमाडौँको नयाँ बानेश्वरमा राँके जुलुससहित अखण्ड भारतको नक्सा जलाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बिनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ र ‘सिमाना पारी पाहुनाको लस्कर, शीतल निवासमा नागरिकता तस्कर’  लगायतका नारासहित अखण्ड भारतको नक्सा जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्