नेपाल मलेसियासँग पराजित



काठमाडौँ । पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियासँग हार  बेहोरेको छ । पहिलो ब्याटिङ गरेको नेपालले मलेसियालाई ९७ रनको लक्ष्य  दिएको थियो । जबाफी ब्याटिङगर्दै मलेसियाले ६ विकेट गुमाएर  लक्ष्य पूरा गरेको हो ।

योसँगै पाँच खेलको शृङ्खला २९२ को बराबरी भएको छ । अब बाँकी एक खेल जित्ने टोलीले यो शृङ्खला  विजेता बन्ने छ । मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक  ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे ।

नेपालकालागि कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन ,  ज्योति पाण्डे एक रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए । कविता जोशी १२ रन बनाएर अविजित रहिन् ।मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्