टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले समय मागे, आदेश आउन समय लाग्ने



काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको आदेश आउन समय लाग्ने भएको छ । जिल्ला अदालत, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरूलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) मात्रै आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

सुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले आफूहरूलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानुन व्यवसायी, आरोपितहरूका कानुन व्यवसायीहरूका लागि समय व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्