विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेटवार्ता



काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत र विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच बिहीबार भेटवार्ता भएको छ । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरू, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा  सामान्य छलफल गरेका छन् ।

आज भएको भेटर्वातामा आयोजनालाई पुनस्प्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको छ । विश्व बैङ्कले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्