आठौँ संस्करणको वातावरण साहित्य गोष्ठी आयोजना हुँदै



काठमाडौँ । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी यस वर्ष पनि आयोजना गरिने भएको छ । विश्व वातावरण दिवस अवसर पारेर आगामी २७ जेठमा साहित्य गोष्ठी आयोजना गरिने संस्थाका प्रमुख संयोजक विजय हितानले बताए ।

सन् २०१६ देखि युकेमा रहेका नेपाली साहित्य सङ्गठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा राखिने विजय हितानले बताए ।

‘पर्या–साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दै छौँ । यस वर्ष आठौँ संस्करण प्रज्ञा–भवन काठमाडौँमा हुँदै छ । भारत, भुटान र नेपालका विद्वान्ले पर्या–साहित्यमा कार्यपत्र पेस गर्नेछन् ।’

No description available.

पर्या–साहित्यका सिद्धान्तकार तथा कार्यक्रममा विशेष सल्लाहकार डा.गोविन्दराज भट्टराई रहनेछन् । आसमका समालोचक ज्ञानबहादुर छेत्री, भुटानका डा. शिवराज भट्टराई, नेपालका डा। नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति कार्यक्रममा रहनेछ ।

त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट –(अङ्ग्रेजी संस्करण) पनि सोही दिन विमोचन गरिने कार्यक्रम छ । पर्या–साहित्यका दुई शोधार्थीले आआफ्नो अनुसन्धान अनुभव सुनाउनेछन् ।
साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई (प्रथम डा.विप्लव ढकाल– भ्यागुताको बिहे’, दोस्रो वासुदेव अधिकारी– हिउँमारा तापमान, तेस्रो कृष्ण बाउसे– डाइनोसरको भजन) पुरस्कार तथा प्रमाणपत्र अर्पण गरिनेछ ।

No description available.

उत्कृष्ट पाँच कविलाई प्रमाणपत्रबाट सम्मान तथा विभिन्न स्रष्टाबाट पर्या–कविता वाचनसमेत गरिने बताइएको छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा मनाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्