सेयर बजारमा सामान्य वृद्धि 



काठमाडौँ । कारोबारको चौथौँ दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले उकालो लागेको छ । आज नेप्से परिसूचक १६.४२ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै २०३७.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.८२, फ्लोट इन्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३९ अङ्कले उकालो लागेको छ ।

आज नेप्सेसँगै  कारोबार रकम पनि उकालो लागेको छ । आज  २७५ स्टकको ७९ हजार ४६१ पटकको कारोबारमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज खप्तड लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसै गरी, यस दिन हिमालयन डिष्टिलरीको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २।३५ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैङ्क, वित्त, होटेल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्