धनुषामा प्रहरीविरुद्ध एमालेको प्रदर्शन



काठमाडौँ । धनुषामा नेकपा एमालेका कार्यकर्ताले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । एमाले कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाउँदै उनीहरूले प्रर्दशन गरेका हुन् । प्रर्दशन केन्द्रीय सदस्य उमाशंकर अरगरिया नेतृत्वमा नेता कार्यकर्ताले जनकपुरधामको भानुचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म गरीएको हो ।

शुक्रबार दिउँसो एक समूहले धनुषाका शिक्षा विकास तथा समनन्वय इकाइका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दलेको थियो । सोही घटनालाई लिएर आफ्ना कार्यकर्तामाथि कारबाही अघि बढाउने संकेत पाएर एमालेले प्रहरीविरुद्ध प्रदर्शन गरेको स्रोतको दाबी छ ।

धनुषाका एमाले अध्यक्ष राजकिशोर यादवले प्रहरीले एमाले कार्यकर्तामाथि वैरभाव राखेको र विभिन्न घटनामा फसाउन खोजेकाले खबरदारी गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्