नाबालिग बलात्कार आरोपमा ‘एलओडी’का सञ्चालक सुवाल पक्राउ



काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक सुवाललाई पक्राउ गरिएको हो ।  यसअघि बिहीबार नै जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुर आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्