सुदूरपश्चिम प्रदेश सरकारको बजेट रातारात पारित



काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट  रातारात पारित गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट शनिबार राति १० बजे पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार बसेको प्रदेशसभा बैठक बहिस्कार गरेकोमा सत्तारुढ दलहरूक बजेट पारित गरेको हो ।

नेकपा एमालेको बहिष्कारकाबिच प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको छ । शनिबार रातिको प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो।

सत्तारुढ दलहरूले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले बजेको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्