वरिष्ठ हबलदार घुस लिएको आरोपमा पक्राउ



काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हबलदार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधवार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरेको हो ।

वरिष्ठ हबलदार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पाइएको हो ।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरिएको छ । सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्