‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो’



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्न बताएको छ । आज बिहीबार बसेको  राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक  रहेको बताएका हुन् ।

उनले भने, ‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ खान्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिन भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सम्मानित सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । तर, त्यसो भएको छैन।’

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरएपिछि एक सय किलो सुन राजश्व अनुसन्धानले बरामद गरेको थियो । उक्त घटनाको विषयलाई लिएर भोलिपल्ट साउन ४ गतेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले विमानस्थलको सुरक्षामा प्रश्न उठाएका थिए । त्यही दिन गृहमन्त्रीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिनुपर्नेमा नदिएर नैतिकता नदेखाएको नेता दाहालको भनाइ रहेको छ ।  उनले भने, ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र रु त्यसैले अब यो नैतिकताको विषय रह्यो र रु ३ गते राजीनामा दिएको भए हुन्थ्यो । अब यो गृहमन्त्री, अर्थमन्त्री र लगाएका विमानस्थलको सम्पूर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ ।’ अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने, छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद् बाहिर पनि हुन सक्ने उनको भनाइ रहेको छ ।

संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरूको समेत सहभागिता हुनुपर्नेमा उनको जोड रहेको छ । उनले सरकारले गर्ने छानबिनमा विश्वास नरहेको बताएका छन् । उनले भने, ‘हात्ती सरहको एक सय केजी सुन हवाई मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार खास गरी गृहमन्त्री माथि गम्भीर प्रश्न उठेको छ । तर, आफूले कुनै जबाफदेहिता लिन नपर्ने जस्तो गरी गृहमन्त्री निकै चुर्तिफुर्तिका साथ विमानस्थल जानु हुन्छ र कुनै टार कुनै कोटलाई छाडिँदैन भनेर मन्तव्य दिनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्