नेकपा माओवादी केन्द्रका साढे ७ लाख पार्टी सदस्य 



काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य सङ्ख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधवार पार्टीको केन्द्रीय समिति बैठकमा साङ्गठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य सङ्ख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेका हुन् ।

माओवादीले सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १  लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१,  गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।

त्यस्तै सम्पर्क कमिटीहरूमा १९ हजार ३१२, काठमाडौँ उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको साङ्गठनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्