काठमाडौँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु



काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु९छोरीको मृत्यु भएको छ । गए राति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्