सर्लाहीकाे एक विद्यालयमा युवकको शव भेटियो 



काठमाडौँ । सर्लाहीमा मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव भेटिएको छ ।  मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् ।

विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्