सातोको दोस्रो दिन पनि सामान्य अङ्कले ओरालो लाग्यो नेप्से 



काठमाडौँ । साता  पहिलो दिन भारी अङ्कले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन समान्य अङ्कले ओरालो लागेको छ । नेप्से आज सोमबार  ३.२१ अङ्कले ओरालो लागेको हो । नेप्से आज ओरालो लागोसँगै  २०४८.२६ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स १.५९, फ्लोट इण्डेक्स ०.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८  अङ्कले ओरालो लागेको छ ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढे पनि नेप्से परिसूचक घटेको छ। आज घट्ने उपसमूहहरूमा बैंकिङ्ग, जलविद्युत, लगानी र अन्य उपसमूह रहेका छन्। अन्य उपसमूहहरूको परिसूचक सामान्य बढ्नु र यी उपसमूहको परिसूचक घटेका कारण आज नेप्से परिसूचक घट्न पुगेको हो। यस दिन विकास बैङ्क, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। वाणिज्य बैङ्क उपसमूहको परिसूचक आज सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि आज ओरालो लागेको छ । अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा २६७ स्टकको १ लाख १ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी,  गोर्खा फाइनान्सको सेयर मूल्य ९.७४ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६।४५ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसै गरी,  नेपाल रिपब्लिक मिडियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे ७ करोडको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्