डेंगु गर्भवती महिलाबाट बच्चामा पनि सर्छ, आमा र बच्चाले कसरी जोगिने ?



काठमाडौँ । देशका विभिन्न स्थानमा डेंगुको प्रकोप बढ्दै गएको छ । अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म यो ज्वरोबाट सङ्क्रमित भइरहेका छन् । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरू गम्भीर रूपमा प्रभावित छन्। डेंगुबाट गर्भवती महिलालाई जोगाउन आवश्यक रहेको चिकित्सक बताउँछन् । किनभने यो रोगको भाइरस गर्भवती महिलाबाट उनको गर्भमा रहेको बच्चामा पनि सर्न सक्छ । जसका कारण बच्चालाई धेरै रोग लाग्ने खतरा हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाले डेंगुबाट बच्नुपर्छ । यसका लागि सबै सावधानी अपनाउनुपर्छ ।

चिकित्सकका अनुसार डेंगु फैलाउने डेनभी भाइरस गर्भवती महिलाबाट गर्भमा रहेको बच्चामा पनि सर्ने गरेको छ । यो भाइरसले बच्चामा प्रि-टर्म बर्थ (समय पूर्व जन्म) र अन्य धेरै विकारहरू निम्त्याउन सक्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका गर्भवती महिलालाई डेंगुको जोखिम बढी हुन्छ । यो ज्वरो पहिल्यै आएको हो भने खतरा झन् बढ्छ ।

डेंगुको डि-टु स्ट्रेन गर्भावस्थामा सर्छ भने आमा र गर्भमा रहेको बच्चा दुवैलाई धेरै समस्या हुन सक्छ। कतिपय अवस्थामा बच्चाको पाठेघरमै मृत्युसमेत हुन सक्छ। गर्भावस्थाको पहिलो महिनामा डेंगु भयो भने गर्भपतन हुने खतरा पनि हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाले डेंगुबाट सावधानी अपनाउनुपर्छ ।

गर्भावस्थामा रहेको महिलामा डेंगु  सङ्क्रमण भए ज्वरो आउने, गम्भीर टाउको देख्ने, शरीरको दाग आउने र आँखा पछाडि दुखाइ हुने लगायताका लक्षणहरू देखा पर्दछन् ।

गर्भवती महिलाले निम्नकुराहरूमा ध्यान दिनुपर्दछ 

आहारको ख्याल राख्ने
शरीरलाई हाइड्रेटेड राख्ने
पूरा बाहुला भएका कपडा लगाउने
घर वरपर सफा राख्ने
राति सुत्दा लामखुट्टेको जाली प्रयोग गर्ने
घरमा कतै पनि पानी नदिने 

प्रतिक्रिया दिनुहोस्