खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित



काठमाडौँ । खराब मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । पोखरा र सुर्खेत विमानस्थल खराब मौसमका कारण आज बिहानबाटै बन्द रहेका छन् ।

तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँ विमानस्थलमा भने उडान नियमित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्