धरानमा डेंगु सङ्क्रमण तीव्र, ११ जनाको मृत्यु 



काठमाडौँ । धरानमा डेंगु सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । वैशाखयता डेंगु सङ्क्रमण हुनेको  सङ्ख्या १० हजार नाघेको हो ।धरानमा आइतबारसम्म १० हजार २१८ जनामा डेंगु सङ्क्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एक जना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् ।

धरानमा घर९घरमा डेंगु सङ्क्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी  स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । सङ्क्रमितको उपचारका लागि वडा कार्यालयहरूमा पनि बिरामीलाई राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्