गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु



काठमाडौँ । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ ।  मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको रिङ्गालले टोकाइबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जङ्गलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज (मंगलबार) बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्