नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा बढ्यो



काठमाडौँ । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ९.८९ प्रतिशतले बढी रहेको छ । कम्पनिले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १९.३२ प्रतिशतले बढेर ७९ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत २२ करोड ५३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ, बिमा कोषमा ९५ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३०।६४ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्