लगातार मेसी चम्किँदा इन्टर मियामी फाइनलमा



काठमाडौँ । कप्तान लिओनल मेसीले लगातार छैटौँ खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबिचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे ।फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काए ।

यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्