क्रिकेटर सन्दीप लामिछाने ; न्यायाधीशले मगाए पीडितको आमाको नागरिकतासम्बन्धी कागजात



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्म मिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकता सम्बनधी कागजात मगाउने आदेश दिएको हो ।

प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्म मिति खुल्ने कागजात मगाउने आदेश दिएको बताए । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्म मिति खुल्ने कागजात मगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्