समाजवादी मोर्चाको बैठक जारी



काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा  बसिरहेको छ ।

मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बैठक बसिरहेको हो । सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा पनि बैठक छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्