तत्काल गठबन्धनबाट बाहिरिने अवस्था छैन ; नेपाल 



काठमाडौँ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल सत्ता गठबन्धन बदलिने अवस्थामा नरहेको बताएका छन् । ङ्गलवार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको बताए ।  प्रतिगमनलाई परास्त गरेको, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले अगाडि भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’

सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भए पनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरू गठबन्धनबाट बाहिर निस्कने अवस्था  नरहेको नेपालको भनाइ छ । सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भए पनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरू गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्