चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र हङकङ भिड्दै



काठमाडौँ । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज शनिबार नेपाल र हङकङको सामना गर्ने भएको छ ।

नेपाल र हङकङबिचको फाइनल खेल बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् । लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले  हराएको थियो । तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेतबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्