सामान्य अङ्क बढेर बन्द भयो नेप्से



काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले उकालो लागेर बन्द भएको छ । नेप्से आज सोमबार ५.०९ अङ्क उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगै १९९८.४८ विन्दुमा पुगेको छ। त्यसै गरी,सेन्सेटिभ इण्डेक्स १.४५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अङ्कले उकालो लागेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । अघिल्लो कारोबार दिन १ अर्ब २६ करोडको शेयर कारोबार भएको बजारमा आज २७९ स्टकको ३१ हजार ५९९ पटकको कारोबारमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयर मूल्य ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। मर्जरपश्चात् नेप्सेमा सूचीकृत भई यसै दिनदेखि कारोबारमा आएको लक्ष्मी सनराइज बैङ्कको सेयर मूल्य यस दिन करिब ५ प्रतिशत बढेको छ। यस दिन सेयर मूल्य घटेका स्टकहरूको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैङ्क शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसै गरी,  सोल्टी होटलको करिब ५ करोडको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।  होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक  घटेको हो।

प्रतिक्रिया दिनुहोस्