सम्झौताको ६ वर्षपछि आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा 



काठमाडौँ । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को संयुक्त लगानीमा निर्माण गरिने ६९।७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आज (बुधवार)बाट सुरु हुँदै छ ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच लेटर अफ एक्सचेन्ज गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआतको घोषणा गरिन लागेको हो । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ । त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन मङ्गलवार नै काठमाडौँ आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्