पाल्पामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु



काठमाडौँ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटना परी पाँच जना घाइते भएका छन्। गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुङ्गा खसेको हो ।

सो ठाउँमा सडक चौडा गर्ने काम भइरहेको थियो। खसेको ढुङ्गा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो। घाइते पाँच जनाको पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्