एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍



काठमाडौँ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन पूरा गरेका हुन् ।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी हुन् । नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्