भारतको उत्तर प्रदेशको ग्रेटर नोएडामा  लिफ्ट खस्दा ४ जनाको मृत्यु



काठमाडौँ । भारतको उत्तर प्रदेशको ग्रेटर नोएडामा शुक्रवार एउटा निर्माणाधीन भवनको लिफ्ट खसेको छ । लिफ्ट खस्दा ४ जनाको मृत्यु भएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । सोही क्रममा यस दुर्घटनामा केही व्यक्ति घाइते पनि भएका छन्, जसलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

बिस्राख थाना क्षेत्रको गौर शहर नजिक आम्रपाली बिल्डरको निर्माण कार्य चलिरहेको बताइएको छ । यसैबिच अचानक लिफ्ट तल खसेको थियो ।  घाइतेलाई अस्पताल लगिएको र चिकित्सकको टोली उपचारमा जुटेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्