सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 



काठमाडौँ।आज सोमबार, आश्विन सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ। हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइन्छ। मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा बुढी पोल्ने पर्व मनाइन्छ।

भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा  सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइन्छ। उक्त प्रतीकलाई असोज १ गते गाउँका सबै मिलेर जलाउने अर्थात् बुढी पोल्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्